काठमाडौँ । पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि नि:शुल्क वितरण गर्ने भएको छ । मेटास्टेटिक अवस्था अर्थात् (चौथो स्टेज) को हर्मोन पोजेटिभ भएका बिरामीका लागि राइबोसिक्लिव र लेट्रोजोल ट्याबेलट नि:शुल्क उपलब्ध गर्ने भएको हो ।
अङ्कोलोजिष्ट डा अरुण शाहीले नि:शुल्क वितरण गरिने औषधि मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै सहज र प्रभावकारी हुने जानकारी दिएकी छिन् । उनले भनिन्, ‘अमेरिकामा पहिलो रोजाइमा पर्ने यो औषधि विश्वस्तरीय ब्राण्ड हो । जसले युएसएफडए मान्यतासमेत पाएको छ ।’
म्याक्सले पाटनमा वितरण गरेका अरु क्यान्सरका औषधि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट पनि निःशुल्क उपलब्ध हुने गरेपनि पछिल्लो पटक आएको हो । स्तन क्यान्सरको यो औषधि पाटन अस्पतालबाट मात्र नि:शुल्क वितरण हुने गरेको छ ।
डा.शाहीले उक्त औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्ने र त्यसको खर्च १ लाखभन्दा बढी पर्ने जनाएकी छिन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्