काठमाडौँ । एसिसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा नेपालले टस जितेको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबईमा रहेको आइसिसी एकेडेमी ओभल-२ मैदानमा नेपाली टोलीका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
यो सँगै अफगानिस्तानले पहिला ब्याटिङ गर्ने भएको छ । पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको नेपाल अफगानिस्तानलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराउन चाहन्छ । अफगानिस्तान पनि पहिलो जितको खोजीमा छ । अफगानिस्तानले पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो ।
उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् । आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा भारत र पाकिस्तान भिड्दैछन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्