पार्टी सभापति शेरबहादुर देउवा समूहभन्दा माथि उठ्न सकेको छैन् : गगन थापा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवा समूहभन्दा माथि उठ्न नसकेको आरोप लगाएका छन् । बुधबार बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसेको इतर समूहको भेलामा उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रियसभाको निर्वाचनको उम्मेदवार छान्न मापदण्ड बनाउनुपर्ने बताएका छन् । थापाले भने, ‘१४ औं महाधिवेशपछि हामीले तीनवटा चुनाव भए तर हामीले अहिलेसम्म एउटा पनि मापदण्ड बनाउन सकेनौं । सभापतिले न्यायपूर्ण व्यवहार गर्नुभएन । उनले आफ्नो समूहमा भन्दा बाहिर हेर्नुभएन । त्यसैले यो पटकको राष्ट्रियसभाको निर्वाचनमा मापदण्ड बनाउनुपर्छ । न्यायपूर्ण ढंगले गर्नुपर्छ ।’

उनले राष्ट्रियसभाको निर्वाचनको टिकट वितरणमा देउवा कांग्रेस सभापति बन्न सक्छन् कि सक्दैनन् प्रष्ट हुने बताएका छन् । उनले (आज) बुधबारको बैठकमा सुशासन र एकपछि अर्को आएको काण्डको विषयमा छलफल गम्भिर छलफल भएको जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्