काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता थुप्रिएसँगै आइतबार निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत १० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो ।
केन्द्रीय बैंकले आइतबार अपरान्ह २ बजे अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने जनाएको छ । उक्त निक्षेप संकलनको आजै निष्कासन हुने भएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी आवेदन दिन सक्नेछन् । सो निक्षेपको साँवा ब्याज आगामी पुस ८ गते परिपक्व हुनेछ ।
यस निक्षेप संकलन केन्द्रीय बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा पनि प्रयोग गर्न सकिने छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्