काठमाडौँ । करिब २४ किलोग्राम अवैध गाँजासहित ५ जना पक्राउ परेका छन् । ललितपुरबाट ३ जना, उदयपुर र म्याग्दीबाट १-१ जना गरी जम्मा ५ जनालाई प्रहरीले अवैध गाँजासहित पक्राउ गरेको हो ।
ललितपुरबाट पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने ५२ वर्षीय विरेन्द्र श्रेष्ठ, ४७ वर्षीय विरेन्द्र श्रेष्ठ र ५४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् । प्रहरी प्रभाग लुभु र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई करिब ११ किलो १ सय १ सय ८० ग्राम गाँजासहित आइतबार साँझ पक्राउ गरेको हो ।
त्यस्तै, उदयपुरबाट पक्राउ पर्नेमा बेलका नगरपालिका-९ भचुवा बस्ने २१ वर्षीय रबिन राई छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई करिब १३ केजी गाँजासहित आइतबार दिउँसो पक्राउ गरेको हो । म्याग्दीबाट पक्राउ पर्नेमा रघुगंगा गाउँपालिका-३ मौवाफाट बस्ने ४६ वर्षीय गोपाल दर्जी छन् ।
ईलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले उनलाई करिब १ केजी ४ सय ५० ग्राम गाँजासहित अन्नपूर्ण गाउँपालिका-३ काभ्रेबाट आइतबार बिहान पक्राउ गरेको हो । उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्