समाजसेवीद्धारा १ करोड ५० लाख रुपैयाँको लगानीमा मन्दिर निर्माण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । हेटौंडाका एक जना समाजसेवीले १ करोड ५० लाख रुपैयाँको लगानीमा मन्दिर निर्माण गरेका छन् । हेटौंडा उपमहानगरपालिका- ७ निवासी दलबहादुर खड्काले सोही वडाको नागस्वती चोकमा वनदेवी र राधाकृष्ण मन्दिर निर्माण गरेका हुन् ।

सत्र वर्ष वनस्पति घ्यु उद्योगमा काम गरेका खड्काले २० वर्ष कुखुरा व्यवसाय सञ्चालन गरेका थिए । व्यावसायिक कुखुरापालन गर्दा देशको सबैभन्दा बढी दाना बिक्री गर्ने व्यवसायी बन्नुभएका उनी वाल्यकालदेखि नै धर्मकर्ममा लागेका हुन् । भगवान्को सेवा गरेपछि आशीर्वाद प्राप्त हुने भएकाले निजी लगानीमा मन्दिर बनाएको उनको भनाइ छ ।

व्यवसाय गरेर प्रशस्त आम्दानी गर्नुभएका खड्काले सामाजिक काम गर्न सकियो भने भावी पुस्ताले सम्झने उनले जानकारी दिएका छन् । सुरुमा ५० लाखको योजनासहित मन्दिर निर्माणमा जुटेका खड्काले काम गर्दै जाँदा १ करोड ५० लाख खर्च भएको जनाएका छन् ।

वडा कार्यालयको स्वामित्वमा रहेको सार्वजनिक जग्गामा मन्दिर निर्माण गरेका हुन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्