काठमाडौँ । काठमाडौँमा मंगलबार पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट ३ करोडभन्दा बढी रुपैयाँ बरामद भएको छ । हत्या, अपहरण तथा यौनहिंसा आरोपमा पक्राउ परेका बम्जनको घरबाट उक्त रकम बरामद भएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र नभइ विदेशी मुद्रा पनि फेला परेको छ । प्रहरीले बोम्जनको घरबाट कम्तिमा २० वटा मोबाइल, १५ वटा पेनड्राइभ र दुई वटा ल्यापटप पनि बरामद गरेको हो ।
बमजन बुढानिलकण्ठमा आफ्नी श्रीमती र छोराछोरीसहित बस्दै आएका थिए । मंगलबार प्रहरीले बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको हो । प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए ।
हाल प्रहरीले बमजनलाई नियन्त्रणमा लिएको छ ।