प्रधानमन्त्री कप क्रिकेट: आर्मी क्लबले मधेस प्रदेशलाई जितका लागि ३ सय २१ रनको लक्ष्य दियो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई जितका लागि ३ सय २१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सोमबार जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय २० रनको योगफल बनाएको हो ।

आर्मीका विनोद भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्कासहित १ सय १३ रनको शतकीय इनिङ खेले । यसैगरी सन्तोष कार्कीले ४२, कुशल मल्ल र विवेक यादवले समान ३७, इम्रान शेखले २६, भीम सार्कीले १८ तथा बसिर अहमदले १६ रन बनाएका छन् । पाँचौँ विकेटका लागि विनोद र कुशलले १ सय ३२ तथा पहिलो विकेटका लागि सन्तोष र इम्रानले ५३ रनको साझेदारी गरेका थिए ।

मधेसका लागि रञ्जित कुमारले पाँच विकेट लिएका छन् । विशाल पटेलले दुई तथा राजेश यादव र रुपेश सिंहले समान एक-एक विकेट लिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्