काठमाडौँ । सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीय स्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया-६ की शर्मिला कुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेका हुन् ।
नगरप्रमुख यादवले भने, ‘अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक-पटक धाउनुपर्ने बाध्यता हटेको छ । आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने छौँ ।’ उनका अनुसार बायोमेट्रिक बाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ ।
स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन् ।