८० किलो गाँजासहित २ जना पक्राउ, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । करिब ८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राई करिब ८० किलो गाँजासहित सोमबार दिउँसो पक्राउ परेका हुन् ।

देवानगंज गाउँपालिका-६ नहरचोकबाट अवैध लागूऔषध करिब ८० किलो गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको  हो । अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेको को.१ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको विभिन्न भागमा लुकाई राखेको गाँजा फेला पारेका थिए ।

अटो चालक कुमार र अटोमा सवार राम बहादुर हाल प्रहरीको नियन्त्रणमा छन् । सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्