अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको आरोपमा महिला पक्राउ, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको आरोपमा १ जना महिला पक्राउ परेकी छन् । कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२० बस्ने ४० वर्षीय सरस्वती खड्का रहेकी छन् ।

खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसेकी थिइन् । उनले सो विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।

सरस्वती खड्का उपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्