काठमाडौँ । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतोलाई प्रहरीले फेरि पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले चरित्र हत्या गरेको आरोपमा महतोलाई मंगलबार फेरि पक्राउ गरेको हो ।
एक महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै उजुरी गरेपछि मनोजलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको ब्युरोका प्रवक्ता पशुपति रायले जानकारी दिएका छन् । मनोज यसअघि पनि पक्राउ परेर धरौटीमा छुटेका थिए ।
युट्युबर मनोज मानवले स्टार अनलाइन टिभी नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्