काठमाडौँ । साताको कारोबारको पाँचौ दिन (आज) बिहीबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख २१ हजार ९५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १७ हजार २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२०९ रुपैयाँ रहेको छ ।