मन्त्री लिम्बूद्वारा आदिवासी रङ्गशाला निर्माण छिटो सम्पन्न गर्न निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कमल गाउँपालिका-५ पाडाजुङ्गीस्थित आदिवासी रङ्गशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । सोमबार रङ्गशालाको स्थलगत अवलोकन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री लिम्बूले यसलाई समयमै सम्पन्न गराउन सरकारको साथ र सहयोग रहने जनाएका छन् । आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषद्मार्फत रङ्गशाला निर्माणका लागि यस वर्ष रु १ करोड बजेट विनियोजन भएको छ ।

रङ्गशाला निर्माणका लागि प्रतिष्ठानका महासचिव राईका अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरी काम भइरहेको गठित निर्माण उपभोक्ता समितिका सचिव रविन गुरुङको भनाइ छ । विसं २०६९ देखि निर्माण थालिएको यो रङ्गशाला नामकरणको विवादका कारण केही समय निर्माण ओझेलमा परेको थियो ।

सरकारबाट यो अवधिमा पटकपटक गरी रु २ करोड बढी बजेट बिनियोजन गरेर खेलमैदान सम्याउने, घेराबेरा लगाउनेजस्ता केही प्रारिम्भक चरणका काम भए पनि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)अनुसार काम हुनसकेको थिएन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्