काठमाडौँ । एसिसी महिला प्रिमियर लिग क्रिकेट अन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ रोजेकी हुन् ।
यससँगै माल्दिभ्सले अब पहिला फिल्डिङ गर्नेछ । समूह ‘डी’को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै चार अङ्कका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले पराजित गरेको थियो ।
माल्दिभ्स भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । माल्दिस पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्