त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने वस्तुसहित एक भारतीय पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तुसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । करिब ८ सय ५५ ग्राम अर्धठोस वस्तुसहित सोमबार राति एक भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिएका छन् । उनले भने, ‘विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब ८ सय ५५ ग्रामसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । निजलाई आज आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय पठाइने छ ।’

प्रहरी नायब महानिरीक्षक ढकालका अनुसार दुबईबाट फ्लाई दुबईको उडानमार्फत काठमाडौँ आएका निजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गरिएको थियो । जाँचका क्रममा अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्