काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.तोसिमा कार्कीले वीर अस्पतालका समस्या समाधानका लागि सरकारसँग आग्रह गरेकी छिन् । प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले सरकारसँग यस्तो आग्रह गरेकी हुन् ।
वीर अस्पतालमा न्यून जनशक्ति रहेको, बिरामीको अपरेसनका लागि महिनौ कुर्नुपर्ने अवस्था रहेको, आइसियु बेड नपाउनेलगायतका समस्या रहेको सांसद कार्कीको भनाइ छ । उनले अस्पतालमा बेड हुँदाहुँदै पनि बिरामीलाई अन्यत्रै पठाउनुपर्ने अवस्थालाई अन्त्य गरिनुपर्ने माग सांसदमा राखेकी छिन् ।
सांसद कार्कीले नयाँ जनशक्ति व्यवस्थापनका लागिसमेत सरकारसँग माग गरेकी छिन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्