विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय विशाल हमाल, ३१ वर्षीय प्रशान्त पण्डित र ४५ वर्षीय सैलेश कुमार झा रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेका थिए । पक्राउ परेकामध्ये विशाल हमालले २ जनालाई अमेरिका पठाईदिने भन्दै १६ लाख ७० हजार ठगेका थिए ।

त्यस्तै, प्रशान्त पण्डितले पनि अष्ट्रिेलिया पठाईदिने भन्दै एक जना व्यक्तिबाट ८ लाख रुपैयाँ ठगी गरेका थिए । यसैगरी सैलेश कुमार झाले युके पठाईदिने भन्दै एक जना व्यक्तिबाट ५ लाख ४० हजार रुपैयाँ ठगी गरेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट जेठ ७ गते पक्राउ गरेको हो । हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्