मंगलबार १५.७९ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा आज नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २ सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५३ करोडमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । सो कम्पनीको १९ करोड ७७ लाख ७५ हजार ९ सय ३१ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको सेयर बजारमा सबैभन्दा बढी नाफा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्