काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा आज नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २ सय १७ कित्ता सेयर खरिदबिक्री हुँदा २७ अर्बमाथिको सेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्सोरेन्सको भएको छ । उक्त कम्पनीको १ अर्ब २२ करोड ८० लाख ७२ हजार ४ सय ३ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नाफा सूर्यज्योति लाइफ इन्सोरेन्सका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
आज कुथेली बुखारी साना जलविद्युत लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।