नेप्से ५५.८६ अंकले घट्यो, सोमबार ९ अर्बमाथिको कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९ सय ११ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्बमाथिको कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै कारोबार सीइडीबी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३ करोड ७० लाख ५७ हजार ८ सय २ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा हाथवेय इन्भेष्टमेन्ट नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८.९८ प्रतिशतले बढेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्