नेपालले क्यानडालाई दियो एक सय ८२ रनको लक्ष्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालले क्यानडालाई एक सय ८२ रनको लक्ष्य दिएको छ । आइसिसी एक दिवसीय विश्वकप क्रिकेट लिग-२ अन्तर्गत असोज ७ गतेको खेलमा नेपालले क्यानडालाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको हो ।

क्यानडाको किङ सिटीमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो ।

नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ४८ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ४९ रनको योगदान गरेका हुन । सन्दीपको एकदिवसीय करियरको यो उत्कृष्ट ब्याटिङ हो । यसअघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए ।

त्यस्तै, गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए । करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे । यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०-१० रन बनाए भने भिम सार्की र कप्तान रोहित पौडेलले समान चार-चार रन बनाए । बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हरर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई दुई विकेट लिए ।

यता, प्रभिन कुमार र साद विन जफरले समान एक एक विकेट लिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्