आइतबार ५६.०९ अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार नेप्से परिसूचक बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ८ कम्पनीको एक करोड ५० लाख ४६ हजार ७ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ ।

आइतबार साहस उर्जा लिमिटेड कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त कम्पनीको ६३ करोड ८३ लाख ५८ हजार १ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्