छविलाल जोशीको ३६ पेज लामो बयानः सहकारीको रकम मैले एक रुपैयाँ पनि खर्च गरिनँ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशीसँग प्रहरीले ३६ पेज लामो बयान लिएको छ । अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले जोशीसँग सुर्यदर्शनको निक्षेप गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेकोबारे लामो बयान लिएका हुन् ।

बयानमा उनले सहकारीबाट ल्याएको रकम आफुले एक रुपैयाँ पनि खर्च नगरेको भन्दै डिफेन्स गरेका छन् । सहकारीको रकम जीवी राईले गोर्खा मिडियामा ल्याएको जोशीले बताएका छन् ।

सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीवी, पूर्वगृहमन्त्री रवि लामिछाने र जोशी मिलेर गोर्खा मिडिया नेटवर्क स्थापना गरेका थिए । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्