काठमाडौँ । सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज भएको छ । रेमिट्यान्स कारोबार गर्न अनुमति प्राप्त गरेको यो कम्पनीको इजाजतपत्र खारेज गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली २०७९ बमोजिम खारेज हुने देखिएकाले रेमिट्यान्स कारोबारको सिलसिलामा यो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैंकले जनाएको छ ।
बैंकले कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह गरेको छ । यो म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने व्यहोरा सूचनामा उल्लेख छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्