साफ महिला च्याम्पियनसिपमा श्रीलंकाको विजयी सुरुवात

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । माल्दिभ्सलाई पराजित गर्दै श्रीलंकाले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबारको पहिलो खेलमा श्रीलंकाले मालदिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको हो।

जितसँगै ३ अंक जोडेको श्रीलंका समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। आजै हुने समूह बी को दोस्रो खेलमा घरेलु टोली नेपाल र भूटान भिड्दैछन्। सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्