बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

पक्राउ
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् । नुवाकोटको तादी गाउँपालिका ३ घर भई काठमाडौंको मुलपानी बस्ने ४३ वर्षीय सीता गोतामे २ कात्तिकमा मुलपानीबाट पक्राउ परेकी हुन् ।

बन्धक बनाएर चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको घरबाट चार बालिकको उद्धार समेत गरेको छ । उनले मुलपानीमा एक घर भाडामा लिएर घरमा भाडा माझ्ने, सरसफाइको काममा लगाउने र मासिक २० हजार रुपैयाँ दिने भन्दै बालिकालाई प्रलोभन देखाएर यौन व्यसायमा लगाएको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्