भक्तपुरबाट लागूऔषधसहित औषधि पसल सञ्चालक पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ। भक्तपुरबाट लागूऔषधसहित औषधि पसल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा घर भई भक्तपुरको लोकन्थली बस्ने ३० वर्षीय रोहित सिंह रहेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

लोकन्थलीमा सिंहले सञ्चालन गरेको औषधि पसलमा लागूऔषध बिक्री भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त थिमिको टोली खटिएको थियो ।

यस्तै दाङको घोराही उपमहानगरपालिका–१५ घर भई ललितपुरको बालकुमारी बस्ने २२ वर्षीय बलिराम खड्कालाई पनि पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्