आज नेप्से २०.४१ अंकले घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) २०.४१ अंकले घटेको छ । यो दिन परिसूचक २०.४१ अंकले घटेर २ हजार ६ सय ४५ दशमलव ३९ अंकमा झरेको हो । बुधबार बजारमा ६ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन बजारमा १५५ कम्पनीको मूल्य घट्दा ७६ कम्पनीको मूल्य बढेको छ । १३ कम्पनीको मूल्य भने स्थिर रहेको देखिन्छ । घट्दो बजारमा बुधबार फाइनान्स र ट्रेडिङ बाहेक सबै परिसूचकहरु नकारात्मक देखिएका छन् । फाइनान्स परिसूचक सबैभन्दा बढी २.३२ प्रतिशतले बढ्दा बैंकिङ परिसूचकले १.७० प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्