सिटामोलको अभाव छैनःनेपाल औषधि लिमिटेड

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । डेङ्गी सङ्क्रमण बढेको अवस्थामा बजारमा सिटामोलको अभाव रहेको जनगुनासोका बिच नेपाल औषधि लिमिटेडले बजारमा सिटामोलको अभाव नरहेको जनाएको छ । सिटामोलको नियमित उत्पादन भइरहेको र खरिदका लागि सम्पर्क गर्ने मातहतका निकायलाई तत्काल आपूर्ति गर्दै आएको पनि लिमिटेडको भनाइ छ ।

पछिल्लो समय बढ्दै गएको डेङ्गी सङ्क्रमणलाई मध्यनजर गर्दै सिटामोलको सहज उपलब्धता गराउने उद्देश्यले लिमिटेडको काठमाडौँ बबरमहलमा रहेको बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले पनि आवश्यकता अनुसारको सिटामोल खरिद गर्नसक्ने छन् । बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खरिद गर्नसक्ने व्यवस्था मिलाइएको समेत औषधि लिमिटेडले जानकारी दिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्