काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समयसीमा बिहीबार सकिँदैछ । गएको असोज २४गते डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै प्राधिकरणले आजसम्म बक्यौता रकम नबुझाए कानुन बमोजिम असुल उपर गर्ने चेतावनी दिएको थियो ।
प्राधिकरणले बक्यौता नतिरेको भन्दै गएको असार २५ गतेदेखि उद्योगको लाइन काट्न शुरु गरेको थियो । सरकार परिवर्तनसँगै प्राधिकरणले लाइन जोडेको थियो । सरकारले ३ महिनाभित्र बक्यौता विवाद सुल्झाउन नसके पुनः लाइन काट्ने प्राधिकरणले त्यतिबेलै बताएको थियो ।
प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई ताकेता गर्दै आएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्