कुलमानजी, बिजुली बालेको प्रमाण देखाउनुस्ः उद्योगी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइन महसुल विवादमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग बिजुली बालेको प्रमाण देखाउन उद्योगीहरूले चुनौती दिएका छन् । प्राधिकरणले विनाप्रमाण उद्योगको बिजुली लाइन काटेको भन्दै उद्योगीहरूले आज आइतबार पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक घिसिङलाई प्रमाण पेस गर्न चुनौती दिएका हुन् ।

मुरारकाले उद्योगले साँच्चै बिजुली चोरेको भए चोरी मुद्दा किन नलगाएको भन्ने प्रश्न गरे । मुरारकाका अनुसार लेखा समितिले कार्यकारी निर्देशक घिसिङलाई कारबाही गर्न भनेको छ । ६ घण्टाभन्दा बढी लोडसेडिङ हुँदा २० घण्टाभन्दा बढी बिजुली प्रयोग गरेको भए प्रमाण दिइयोस् भन्दै उनीहरुले माग गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्