काठमाडौँ । चट्याङ लागेर एकैदिन देशभर १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान १० देखि मंगलबार बिहान १० बजेसम्मको अवधिमा चट्याङ लागेर १२ जना घाइते भएका हुन् ।
चट्याङ लागेर दैलेखको भगवतीमाई गाउँपालिका–५ मा ६ बालबालिका, जाजरकोटको बारेकोट गाउँपालिका–१ मा तीनजना, गुल्मीको मदाने गाउँपालिका–५ मा दुईजना र प्युठानको नौबहीनी गाउँपालिका–७ मा एकजना घाइते भएको प्राधिकरणले जनाएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०८१ वैशाख १ गतेदेखि हालसम्म चट्याङ लागेर देशभर ६६ जनाको मृत्यु भइसकेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्