काठमाडौँ । काठमाडौंमा दुईजना मृत फेला परेका छन् । टोखा नगरपालिका ५ बसुन्धारामा एक पुरुष र गोकर्णेश्वर नगरपालिका(२ सुन्दरीजलमा एक पुरुष गरी दुईजना मृत फेला परेका हुन् ।
बसुन्धारास्थित आफ्नै डेरामा ३१ वर्षीय कृष्ण पाण्डे मृत फेला परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका १२ घर भएका पाण्डे आफ्नै कोठामा मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
त्यसैगरी सुन्दरीजलस्थित आफ्नै कोठामा काभ्रे घर भएका ४५ वर्षीय सुरेश तामाङ बुधबार मृत अवस्थामा भेटिएका हुन् । दुबै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्