काठमाडौँ । नेपालमा जापानिज इन्सेफलाइटिस (जेई)काा कारण १५ जिल्लाका २३ जनाको मृत्यु भएको छ । देशभर ३० जिल्लामा फैलिँदा ८० जना संक्रमित फेला परेका छन् । ९१५ शंकास्पद बिरामीको नमुना परीक्षण गरेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, संक्रमितमध्ये २८.७५ प्रतिशतको मृत्यु भएको छ । संक्रमितमा अधिकांश १५ वर्षमुनिका बालबालिका रहेका छन् ।
जापानिज इन्सेफ्लाइटिसबाट सबैभन्दा बढी कैलालीमा प्रभाव परेको छ । कैलालीमा ३ जना संक्रममितको मृत्यु भइसकेको छ । कपिलवस्तु, रौतहट, सिराहा, सुनसरी र झापामा दुई-दुई जनाको मृत्यु भएको छ । रुपन्देही, पाल्पा, चितवन, काठमाडौं, पर्सा, सर्लाही, नवलपरासी, सिन्धुली र धनुषामा एक–एक जनाको मृत्यु भएको छ ।