काठमाडौँ । । सीतापाइला–धार्के सडकखण्ड फेरि १५ दिन बन्द गरिने भएको छ । सडक स्तरोन्नतिका निम्ति बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी गराएको छ । यही कात्तिक २३ गतेदेखि १५ दिनका लागि सडक बन्द गरेर कालोपत्र गरिने प्रशासनले जनाएको छ ।
त्यस अवधिमा उक्त सडकखण्डमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने र चारपांग्रे बाहेक सबै प्रकारका सवारीसाधनलाई पूर्ण रूपमा रोकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै वैकल्पिक माग प्रयोग गर्न पनि प्रशासनले आग्रह गरेको छ । यही कात्तिक ६ देखि १२ गतेसम्म पनि उक्त सडकखण्ड कालोपत्रका निम्ति बन्द गरिएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्