काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १ सय ६५ रनले पराजित गरेको छ । नेपालले दिएको २ सय १४ रनको चुनौती पछ्याएको कुवेत १३ ओभरमा १० विकेट गुमाउँदै ४८ रनमा समेटियो । कुवेतकी जिफा जिलानीले सर्वाधिक ३६ रन जोडिन्। सात खेलाडी शून्यमा आउट भए।
नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ५ विकेट लिइन्। पहिलो खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो। यसअघि आइतबार भएको खेलमा नेपालले थाइल्याण्डलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन् ।
सहभागी चार टोलीमध्ये डबल राउन्ड रोविनका आधारमा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । नेपालले अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्