पहिलोपटक नेपालबाट बंगलादेशमा बिजुली निर्यात

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालबाट पहिलोपटक बंगलादेशमा बिजुली निर्यात गरिएको छ । नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेको हो । नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यात गरिएको हो ।

भारतको मनोहर लाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर खान र नेपालका तर्फबाट दीपक खड्काले भर्चुअल रूपमा निर्यातको सुरुआत गरेका हुुन् ।

नेपालले भारतीय ग्रिडको प्रयोग गरी यो वर्ष आज ४० मेगावाट विद्युत् पठाएको हो । नेपाल र बंगलादेशबीच जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता छ । यसअघि भारतमा मात्रै भइरहेको निर्यात आज बंगलादेशसम्म पुगेको हो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्