काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा सातवटा जलविद्युत् आयोजनाले निर्माणको अनुमति पाएका छन् । विद्युत् विकास विभागका अनुसार ती अयोजनाको क्षमता ६९ दशमलव दुई मेगावाट रहेको छ । सौर्य ऊर्जातर्फ दुईवटा आयोजनालाई अनुमति दिएको छ । दुई वटाको कुल क्षमता ४० मेगावाट बराबर छ ।
यस्तै वायु ऊर्जातर्फ १० मेगावाट क्षमताको एउटा आयोजनालाई अनुमति दिएका महानिर्देशक सिंहले बताए । यसरी गएको साउनदेखि कात्तिकसम्ममा एक सय १९ दमशलमव दुई मेगावाट क्षमताका १० वटा आयोजनाले निर्माणको अनुमति पाएका छन् ।
विभागले जलविद्युत् आयोजना, प्रसारण लाइनको अनुमति प्रदान गर्दै आएको छ । यही समयमा विभागले तीन सय ७० दशमलव पाँच मेगावाट क्षमता बराबरका कुल १४ वटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको छ ।