काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेकी लीला पछाईको बैंक खाताको विवरण प्रहरीले सङ्कलन गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानको क्रममा प्रहरीले उनको बैंक खाताको विवरण सङ्कलन गरेको हो । गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएर ललितपुर बस्ने पछाईले २६ करोडको बैंकिङ कारोबार गरेको भेटिएको छ ।
विभिन्न बैंकमा उनले २६ करोडको कारोबार गरेको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले बताए । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग निकट मानिने पछाईले दुईवटा हाउजिङमा ३ करोड लगानी गरेको भेटिएको छ । पछाईले पोखराको लेखनाथ र भक्तपुरमा हाउजिङमा लगानी गरेकी हुन् ।
पछाई असोज १५ मा ललितपुरको खुमलटारबाट पक्राउ परेकी थिइन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्