काठमाडौँ । रौतहटमा कीर्ते हस्ताक्षर गरी विद्यालयको बैंक खातामा रोक्का रहेको २९ लाख बढी रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । चन्द्रनिगाहापुर नगरपालिकामा रहेको आधुनिक प्राथमिक विद्यालय राजपैडाका प्रधानाध्यापक किशोरी चौधरीले कीर्ते हस्ताक्षर गरेर रकम निकालेको खुलेको छ ।
उक्त रकम निकालेपछि प्रधानाध्यापक चौधरीले नगरपालिकाको पत्रहरूमा कीर्ते हस्ताक्षर गरी बाँकी रहेको २९ लाख ३५ हजार ५२९ रुपैयाँ निकाली हिनामिना गरेको आरोप छ ।
पक्राउ परेका चौधरीविरुद्ध लिखतसम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको रौतहटका डीएसपी दीपककुमार रायले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्