काठमाडौँ । कञ्चनपुरका बडायक दम्पती हत्या प्रकरणमा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन् । लालझाडी गाउँपालिका– १, बिनबारीका दम्पती हत्याको करिब एक महिनापछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी रवीन्द्र केसीले एक जनालाई पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय गंगाबहादुर राना छन् । उनलाई बुधबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
८कात्तिकको बिहान मृतावस्थामा रमेश बडायक र उनकी श्रीमती कमला मृत भेटिए । रमेश घरको आँगनमा मृत भेटिएका थिए भने उनकी श्रीमती कमला बरण्डामा सुतेकै ठाउँमा मृत भेटिएकी थिइन् । रमेशको टाउको र कमलाको टाउको तथा निधारमा समेत धारिलो हतियार प्रहार गरिएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्