नेता दीपेश पुनकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा नेता दीपेश पुनकी पत्नीविरुद्ध पनि पक्राउ पुर्जी आएको छ । नेकपा माओवादी केन्द्रका नेता दीपेश पुनकी श्रीमती सविना आले मगर विगत तीन महिनादेखि फरार छिन् ।

स्वर्णलक्ष्मी सहकारी ठगीबारे प्रहरी वृत्त कालिमाटीमा उजुरी गरेको थियो । त्यसपछि प्रहरी वृत्त कालिमाटीकै अनुरोधमा सञ्चालकसहितका व्यक्तिहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

त्यतिबेला भने आलेमगरविरुद्ध पक्राउ पुर्जी जारी भएको थिएन । त्यसपछिको यो सहकारीको विस्तृत अनुसन्धान गर्ने भन्दै फाइल जिल्ला प्रहरी परिसर काठमाडौं ल्याएर अनुसन्धान सुरु गरिएको थियो । सो क्रममा आलेमगरका साथै सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालसहित व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । आलेमगर स्वर्णलक्ष्मी सहकारीको लेखा समिति सदस्य हुन् ।

त्यसपछि तेस्रो लटमा २ मंसिरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारीमा तीन लटमा गरेर २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्