काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा आमा र दुई जना छोरा मृत भेटिएका छन् । हिजो २४ वर्षीया चन्दीमाया तामाङ तथा पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
घरको भित्रबाट आग्लो लगाएको पाइएको छ । घटनाबारे अनुसन्धन गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको छ । चन्दीमायाका श्रीमान् रेसबहादुर घरमाथि रहेको बारीमा केराउ टिप्न गएको समयमा घटना भएको स्थानीयबासिन्दाले बताएका छन् ।रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्