काठमाडौँ । प्रहरीले काभ्रेको बनेपा नगरपालिका–१३ स्थित साँगा चोकबाट आधा केजीभन्दा धेरै सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
आइतबार साँझ प्रहरीले काभ्रेकै रोशी गाउँपालिका–९ का ३८ वर्षीय वसन्त लामा र रामेछापको मन्थली नगरपालिका–१ का २९ वर्षीय अमृत श्रेष्ठलाई ५५८ ग्राम सुनसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिटमुनि प्लास्टिकको झोलामा लुकाएको अवस्थामा सुन बरामद गरेको जनाइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्