काठमाडौँ । सस्तोमा आइफोन भन्दै अनलाइनमार्फत् ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झापाको बिर्तामोड नगरपालिका–३ घर भएका २१ वर्षीय अजित भण्डारी, गोरखाको सिरानचोक गाउँपालिका–५ घर भएका १९ वर्षीय विपिन मगराती र नुवाकोटको म्यागङ गाउँपालिका–२ कि २१ वर्षीया मधु तामाङ रहेका छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले फेसबुक पेजहरूमा विज्ञापन गरी आइफोन सस्तोमा बेच्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।
आइफोनका लागि एड्भान्स बापतको रकम हाल्न लगाएर उनीहरू सम्पर्कविहीन हुने गरेका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्