काठमाडौँ । सम्बन्ध बिग्रिएपछि प्रेमिकाको गोप्य तस्बिर र भिडियो आफन्तलाई पठाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भइ काठमाडौं गुर्जुधारा बस्दै आएका ३१ वर्षीय रोशन भण्डारी छन् ।
उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । सामाजिक सञ्जालमा आदानप्रदान भएका आफ्ना प्रेमिकाको तस्बिर र भिडियोहरू भण्डारीले आफन्तलाई पठाएर चरित्र हत्या गरेको आरोप छ ।
पक्राउ परेका भण्डारीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्