काठमाडौँ । सशस्त्र प्रहरी बलका एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आफूमाथि छानबिन सुरु भएपछि सशस्त्र प्रहरी बल २९ नं. गण हेडक्वार्टर दाङबाट राजीनामा दिएका इन्सस्पेक्टर छविलाल कुँवरविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रका आधारमा जागिर खाएको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार, कुँवरले हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भन्दै शैक्षिक प्रमाण पत्र पेश गरेका थिए । त्यसका आधारमा ‘राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भइ ओहदा एवं लाभसमेत प्राप्त गरेको’ भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको उनले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्