स्रोत नखुलेको ४७ लाखभन्दा बढी रकमसहित एक महिला पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिला मोरङबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल छिन् ।

अग्रवालले घरमा अवैध रकम राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीले उनका घर खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको उक्त रकम फेला परेको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्