काठमाडौँ । वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पकाउ परेका छन् । पर्सा ठोरी गाउँपालिका ४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ बस्ने ४५ वर्षीय बिष्णु लोप्चनलाई प्रहरीले पक्राउ गरेको हो।
बिष्णुले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर, ललितपुरबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्